शुक्रबार, भदौ १२, २०८३

मलमा गोलमाल गर्ने ठेकेदारलाई जेल सजाय माग

युरिया मल नपाएर चिन्तित भइरहेका यहाँका अधिकांश किसानले समयमै मल आपूर्ति नगर्ने ठेकेदारमाथि कडा कारबाही गर्न माग गरेका छन्।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

भैरहवा– रुपन्देहीको सियारी गाउँपालिका– ६ मिलनचोककी कमला सापकोटाको खेतमा धान पसाउने बेला भएकोे छ।

यही बेला खेतमा हाल्नुपर्ने रासायनिक मल युरियाका लागि दौडधुप गरिरहेकी सापकोटाले सहकारीमार्फत डीएपी मात्र पाएकी छन्।

समयमै मल नहाल्दा यस वर्ष धानको उब्जनी कम हुने अनुमानले चिन्तित सापकोटा भन्छिन्, ‘युरिया नहालेपछि के उब्जनी होला र?’

मलखाद, बिऊ र सिँचाइजस्ता कृषिका प्राथमिक आवश्यकतामा सरकार कहिल्यै जिम्मेवार हुन नसकेको उनको अनुभव छ।

उनी भन्छिन्, ‘कृषिप्रधान देशमा किसानलाई चाहिने मलखाद पुर्‍याउने जिम्मा सरकारले कहिल्यै पूरा गरेन।’

ठेक्का कबोल गरेर पनि समयमै आपूर्ति नगर्ने ठेकेदारलाई कृषिमन्त्रीले कारबाही गरेको सुनेकी उनले भनिन्, ‘अब मल पनि बेलैमा पाए हुने।’
उनी कृषिमन्त्री घनश्याम भुसालको निर्वाचन क्षेत्रकी बासिन्दा हुन्।

अहिले युरिया मल नपाएर चिन्तित भइरहेका यहाँका अधिकांश किसानले समयमै मल आपूर्ति नगर्ने ठेकेदारमाथि कडा कारबाही गर्न माग गरेका छन्।

सियारीकै अगुवा किसान डबलबहादुर घर्तीले सम्झौता गरेर मल नल्याउने ठेकेदारलाई जेल हाल्नुपर्ने बताए। उनले भने, ‘सम्झौता गरेर धोका दिने ठेकेदारलाई धरौटी जफत गरेर मात्रै हुँदैन। जेल हाल्नुपर्छ।’

अर्का किसान दलबहादुर क्षेत्रीले मल र बीऊबिजनको व्यवस्थापन राज्य आफैंले गर्नुपर्ने बताए।

उनले भने, ‘धान पसाउने बेला भयो। यस्तो बेला युरिया हालिएन भने फल्दैन। ठेकेदारलाई दोष दिएर मात्र भएन, हामीले मल पाउनुपर्‍याे।’

रासायनिक मल नपाएपछि सियारी–६ का कृषक मणिराम थारूले धान खेतमा प्रांगारिक मल हालिरहेका छन्। उनले भने, ‘अर्काको देशबाट आउने मलको के भर गर्नु? गाईभैंसीको मल हाल्यो ढुक्क।’ 

पूर्व कृषि तथा सहकारी राज्यमन्त्री ओमप्रकाश यादव ‘गुलजारी’ पनि समयमै मलखाद नदिने ठेकेदारलाई कडा कारबाही गर्नुपर्ने बताउँछन्।

कृषि मन्त्रालयले धान पसाउने बेलासम्म पनि युरिया मल आपूर्ति गर्न नसकेको भन्दै दुई ठेकेदार कम्पनीको धरौटी जफत गरेको छ।

मन्त्रालयले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीमाथि कारबाही गरेको हो।

सम्बन्धित समाचार

धानमा हाल्न मल नपाउँदा भोकमरीकाे डर

 

प्रकाशित: Sep 09, 2020| 17:14 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।