शुक्रबार, भदौ १२, २०८३

१३ अंकले बढ्यो नेप्से

आज सेयर बजार परिसूचक (नेप्से) १३.५ अंकले बढेको छ।
 |  बुधबार, भदौ २४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ २४, २०७७

काठमाडौं– आज सेयर बजार परिसूचक (नेप्से) १३.५ अंकले बढेको छ।

बढेको बजार १५०८.२० अंकमा पुगेर रोकिएको हो।

आज १९५ कम्पनीको ५८ लाख ६१ हजार सेयर किनबेच हुँदा २ अर्ब ५६ करोड ७३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार व्यापार उपसमूह ३४.९, होटल २०.४१, जलविद्युत् ७.०२, निर्जीवन बिमा २६१.८२ अंकले बढेको छ।

त्यस्तै माइक्रोफाइनान्स ५५.४४, जिवन बिमा १६६.७७ र अन्य उपसमूह १९.३४ अंकले उकालो लागेको छ।

आज बैंकिङ उपसमूह १.८९ र विकास बैंक ५.४८ अंकले घटेको छ।

प्रकाशित: Sep 09, 2020| 16:12 बुधबार, भदौ २४, २०७७
प्रतिक्रिया दिनुहोस्