काठमाडौं– आज सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९६ हजार ४०० तोकिएको छ। मंगलबार ९५ हजार ८०० मा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ६०० रुपैयाँ बढेको छ। मंगलबार ९५ हजार ३०० मा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९५ हजार ९०० कायम भएको छ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेको छ। आज चाँदीको मूल्य एक हजार ३१५ कायम भएको छ। मंगलबार एक हजार ३१० मा कारोबार भएको थियो।
