शुक्रबार, भदौ १२, २०८३

सेयर धितोमा कडाइ

 नेपाल राष्ट्र बैंकले सेयर धितोमा कडाइ गरेको छ। 
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं- नेपाल राष्ट्र बैंकले सेयर धितोमा कडाइ गरेको छ। 

व्यक्ति वा संस्थासँग रहेको दुई प्रतिशत वा सोभन्दा बढी सेयर धितोमा राख्नुपरेमा अनिवार्य रूपमा राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको हो।

बैंकले मंगलबार संशोधन गरेको एकीकृत निर्देशिका २०७६ मा यस्तो व्यवस्था छ।

निर्देशिकामा उल्लेख छ, ‘कुनै पनि इजाजतपत्र प्राप्त संस्थाको दुई प्रतिशत वा सोभन्दा बढी सेयर भएका संस्थापक सेयरधनीले यस बैंकको स्वीकृति लिएर मात्र आफ्नो नामको सेयर अन्य बैंकमा धितोबन्धक राख्न वा बिक्री गर्न सक्नेछन्।’

स्वीकृति माग गर्दा जुन संस्थाको सेयर धितो राखिने हो सो संस्थाले ती व्यक्तिको सेयर स्वामित्व तथा धितो रहे–नरहेको विवरणसमेत पेस गर्नुपर्नेछ।

संस्थापक सेयर धितो बन्धक राखी कर्जा प्रवाह गर्दा त्यस्तो कर्जाको नवीकरण तथा पुनर्संरचना र पुनर्तालिकीकरण गर्न नपाइने व्यवस्था गरिएको छ।

०.५ प्रतिशतसम्म संस्थापक सेयर स्वामित्व रहेका संस्थापकले सेयर धितो राखी कर्जा लिएमा सम्पूर्ण बक्यौता ब्याज भुक्तानी भई कर्जा नियमित रहेको अवस्थामा त्यस्तो कर्जा नवीकरण गर्न बाधा पर्ने नपर्ने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार यो व्यवस्थाले क्रस होल्डिङ गरेका संस्थाको अवस्था सहजै पत्ता लगाउन सकिन्छ।

 

प्रकाशित: Sep 08, 2020| 17:54 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्