शुक्रबार, भदौ १२, २०८३

७ अंकले बढ्यो नेप्से

गत बिहीबारदेखि ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) आज ७.३५ अंकले बढेको छ।
 |  मंगलबार, भदौ २३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २३, २०७७

काठमाडौं– गत बिहीबारदेखि ओरालो लागेको सेयर बजार परिसूचक (नेप्से) आज ७.३५ अंकले बढेको छ।

बढेको बजार १४९५.१६ अंकमा पुगेर रोकिएको हो।

आज १९० कम्पनीको ४१ लाख ८० हजार सेयर किनबेच हुँदा १ अर्ब ७९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज व्यापार उपसमूह ८१.३ अंकले बढेको छ। त्यस्तै विकास बैंक उपसमूह ७.४, जलविद्युत् २१.१, फाइनान्स ४.४९, निर्जीवन बिमा ७३.४३ र जीवन बिमा ४८.५९ अंकले बढेको छ।

त्यस्तै बैंकिङ २.८५ र होटल ४.९६ ले घटेको छ।

आज सबैभन्दा बढी नेपाल पुनर्बिमा कम्पनीको २७ करोड ५५ लाख ३९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

प्रकाशित: Sep 08, 2020| 16:12 मंगलबार, भदौ २३, २०७७
प्रतिक्रिया दिनुहोस्