शुक्रबार, भदौ १२, २०८३

पाँच वर्ष लाग्न सक्छ पर्यटन क्षेत्रलाई लयमा फर्किन

कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन पाँच वर्षसम्म लाग्ने सरोकारवालाहरुले बताएका छन्।
 |  सोमबार, भदौ २२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २२, २०७७

काठमाडौं– कोभिड–१९ का कारण प्रभावित भएको पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन पाँच वर्षसम्म लाग्ने सरोकारवालाहरुले बताएका छन्। कोरोना भाइरसको संक्रमण कहिलेसम्म रहने हो भन्ने यकिन नभएकाले पर्यटक आउने वतावरण नबनेसम्म पर्यटन क्षेत्रमा सुधार नआउने उनीहरुको भनाइ छ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) ले आयोजना गरेको सेजन अर्थ नीति बहस अन्र्तगत पर्यटनको सम्भावना विषयक भिडियो कन्फ्रेन्समा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्र लगायतका निकायले गरेका कामहरुलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताए ।

कोरोनाका कारण अब पर्यटन क्षेत्रको प्रवृत्ति परिवर्तन हुने भन्दै अब ठूलो संख्यामा पर्यटक आउने दशकको अन्त्य भएको बताए । ‘अब मास टुरिजमको समय गयो। अब पर्यटकका लागि त्यस्तो ठाउँको छनोट हुन्छ, जहाँ कुनै विशेष आवश्यकताको आधारमा सेवा दिन सकिन्छ। त्यसो भयो भनेमात्रै पर्यटक भित्र्याउन सकिन्छ,’ उनले भने।

कोरोनाका कारण पर्यटन क्षेत्रमा डर र अनिश्चितता बढेको श्रेष्ठको भनाइ छ । नेपालको पर्यटन क्षेत्रले पर्यटकका लागि केके दिन सक्छन् भन्ने निश्चित पनि गर्नुपर्ने उनले बताए। भूकम्पका बेला पर्यटन क्षेत्रमा परेको असरलाई छोटो समयमा व्यवस्थापन गर्न सफल भएको तर अहिलेको अवस्था फरक भएकाले पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा फर्काउन केही समय लाग्ने उनको भनाइ थियो।

पर्यटकको स्वास्थ्य सुरक्षा तथा बिमाका कुराहरुलाई समेटेर प्याकेज ल्याउन सकिने उनले सुझाए।
चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पर्यटन क्षेत्रका लागि ‘स्टिमुलस प्याकेज’ ल्याएको भए पनि कार्यान्वयन नहँुदा प्रभावकारी नभएको पूर्व प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए ।

पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यो क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार–पाँच वर्ष लाग्ने बताए। ‘२०२४–२५ भन्दा यता पर्यटन क्षेत्रमा सुधार आउन सक्ने देखिन्न,’ शाक्यले भने।

प्रकाशित: Sep 07, 2020| 15:50 सोमबार, भदौ २२, २०७७
प्रतिक्रिया दिनुहोस्