शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकिङ कारोबार रोक्न लघुवित्तलाई इजाजत रोक्का : गभर्नर

बैंकिङ कारोबार रोक्न लघुवित्तलाई इजाजत रोक्का : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मल्टिपल बैंकिङ रोक्न लघुवित्त संस्थाहरुलाई नयाँ इजाजत दिन बन्द गरेको बताएका छन्।
 |  आइतबार, भदौ २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २१, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मल्टिपल बैंकिङ रोक्न लघुवित्त संस्थाहरुलाई नयाँ इजाजत दिन बन्द गरेको बताएका छन्।

डा. हरिहरदेव पन्त स्मृति दिवसमा आयोजित भर्चुअल कार्यक्रममा उनले लघुवित्तहरूले बैंकिङ कारोबार गर्न थालेपछि त्ससलाई रोक्न इजाजत दिन बन्द गरिएको बताए।

“लघुवित्तले ग्रामीण समुदायको जीवीकोपार्जनको आधार तयार गर्ने, उनीहरुको जीवनस्तर उकास्न काम गर्नुपर्नेमा पछिल्लो समयमा मल्टिपल फाइनान्सिङमा मात्र केन्द्रित भएकाले नयाँ लाइसेन्स दिन बन्द गरेका हौं। लाइसेन्स रद्द हुँदा निरुत्साहित गरिएको अर्थमा नबुझियोस्”, अधिकारीले भने ।

सर्वसाधारणलाई बचत गर्ने बानी विकास, वित्तीय साक्षरता र पिछडिएका वर्गलाई अगाडि बढाउन लघुवित्त संस्थाहरुको योगदान छ।

पछिल्लो समयमा भने लघुवित्तको मूल मर्म नै मर्ने गरी काम भइरहेकाले कडाइ गर्नुपरेको अधिकारीले बताए।

सेन्टर फर माइक्रोफाइनान्सका अध्यक्ष डा.रेवतबहादुर कार्कीले १५ प्रतिशत ब्याजदर र ६ प्रतिशत स्प्रेड दरमा माइक्रोफाइनान्सहरुले काम गर्न नसक्ने बताए। उनले यस विषयमा राष्ट्र बैंकले पुनर्विचार गर्नुपर्ने धारणा राखे।

प्रकाशित: Sep 06, 2020| 14:15 आइतबार, भदौ २१, २०७७
प्रतिक्रिया दिनुहोस्