शुक्रबार, भदौ १२, २०८३

६ जनालाई वरुण हिमाल आरोहणका लागि अनुमति

पर्यटन विभागले वरुण हिमाल आरोहणका लागि ६ जनालाई अनुमति दिएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं– पर्यटन विभागले वरुण हिमाल आरोहणका लागि ६ जनालाई अनुमति दिएको छ।

आगामी सिजन (सेप्टेम्बर–डिसेम्बर) का लागि ७ हजार १२९ मिटर उचाइँको हिमाल आरोहणका लागि विभागले अनुमति दिएको हो।

एक टीमको आरोहण दलमा ६ जना रहनेछन्। उनीहरू सबै नेपाली भएको पर्यटन विभागले जनाएको छ।

कोरोना भाइरसको महामारीको कारणले गत चैतदेखि आरोहणलगायत सबै पर्यटकीय गतिविधि बन्द गरिएको थियो।

३० साउनमा पर्यटनसँग सम्बन्धित २१ संस्थाले समग्र पर्यटन क्षेत्र सञ्चालनको माग गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पत्र लेखेका थिए।

यसअघि १४ भदौमा बसेको मन्त्रिपरिषद्ले बहराइनका राजकुमारसहित १५ जना बहराइनका नागरिक र तीनजना बेलायतका नागरिकलाई हिमाल आरोहणका लागि चार्टड उडानबाट आउन अनुमति दिने निर्णय गरेको थियो।

उक्त बैठकले हिमाल आरोहण खुला गर्ने निर्णय पनि गरेको थियो।

प्रकाशित: Sep 04, 2020| 17:57 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्