शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनआईसी एशिया बैंकले दियो प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर

एनआईसी एशिया बैंकले दियो प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर

 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

काठमाडौं ।  एनआईसी एशिया बैंकले प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग गरेको छ । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदेशको सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ गरी १९ सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन ब्राइट स्क'ल सिस्टम नामक सफ्टवेयर सहयोग गरेको जनाएको छ ।

सामुदायिक विद्यालयहरूको परम्परागत शैक्षिक प्रणालीलाई आधुनिकीकरण गरी प्रविधिमैत्री वातावरण बनाउन बैंकले आफ्नो प्रयासबाट उक्त सफ्टवेयर प्रदान गरेको जनाएको छ ।

विद्यालय नीति, हाजिरी, भुक्तानी सेवा, स्मार्ट कक्षा, अभिभावक मञ्जुरी फाराम, रिपोर्ट कार्ड, शुल्क सूची, सार्वजनिक बिदाहरू, विद्यार्थीहरूको गृहकार्य, परीक्षा तालिका, खेलकुद कक्षा, सूचनालगायत सुविधाहरू सफ्टवेयरमा रहेको बैंकले जनाएको छ । 

बैंकले प्रगति माध्यमिक विद्यालय, वाकवाणी माध्यमिक विद्यालय, जगन्‍नाथ माध्यमिक विद्यालय, भगवति माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालय, जनसेवा माध्यमिक विद्यालय, महाकवि देवकोटा नमुना माध्यमिक विद्यालय, अरनिको माध्यमिक विद्यालय, सार्वजनिक आधारभूत विद्यालयलाई उक्त सफ्टवेयर सहयोग गरेको हो ।

यस्तै ज्योति माध्यमिक विद्यालय, रमवापुर माध्यमिक विद्यालय, धन्याञ्चल महायज्ञ माध्यमिक विद्यालय, वीरेन्द्र आधारभूत विद्यालय, नवदुर्गा आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, सोमनाथ आधारभूत विद्यालय, सुनवल आधारभूत विद्यालय, जनता माध्यमिक विद्यालय र जितेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत करिब २५ हजार विद्यार्थी तथा अभिभावक लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रकाशित: Sep 04, 2020| 13:08 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्