शुक्रबार, भदौ १२, २०८३

भरतपुरका १४ सहित चितवनमा थप १८ जनामा कोरोना पुष्टि

बिहीबार राति गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका एक जना गरि १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

भरतपुर- चितवनमा थप १८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको परीक्षणमा चितवनका १७ र रौतहटका एक जना गरि १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै १४ जना छन् । जसमध्ये २१ देखि ८० वर्षका ८ जना पुरुष र २३ देखि ५९ वर्षका ६ जना महिला रहेका छन् ।

उनीहरु भरतपुर महानगरपालिका वडा नं २, ५, ६, ७, १० र ११ का हुन् । उनीहरुको भरतपुर अस्पताल स्वाब केन्द्र र पुरानो मेडिकल कलेजबाट स्वाब संकलन गरिएको हो ।

खैरहनी नगरपालिकाका थप ३ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये २२ वर्षका एक पुरुष, ३४ र ३१ वर्षका २ महिला रहेका छन् । उनीहरु तीन जना नै क्वारेन्टिनमा थिए ।

यस्तै रौतहटका ३३ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । उनको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो । बिहीबार राति भरतपुर प्रयोगशालामा कुल ३०२ नमुना परीक्षण गरिएको थियो ।

प्रकाशित: Sep 04, 2020| 07:07 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।