शुक्रबार, भदौ १२, २०८३

गण्डकीमा थप ४० जनामा कोरोना संक्रमण, कहाँ कति थपिए ?

नवलपरासी पूर्वका १७ जना, कास्कीका १६, लमजुङका ३, तनहुँका २ तथा बागलुङ र स्याङ्जाका १–१ जनामा संक्रमण पुष्टि भएको हो ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

पोखरा– गण्डकी प्रदेशमा थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा र स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका १७ जना, कास्कीका १६, लमजुङका ३, तनहुँका २ तथा बागलुङ र स्याङ्जाका १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितलाई अस्पताल लैजाने की होम आइसोलेशनमा राख्ने भन्ने विषयमा छलफल भइराखेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ।

आज ४० जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय ५२ पुगेको छ ।

प्रकाशित: Sep 04, 2020| 06:51 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।