शुक्रबार, भदौ १२, २०८३

'जाइनो फेजी' विधिबाट कोरोना संक्रमितको उपचार

भरतपुर- भरतपुर महानगरपालिकाको आइसोलेसनमा कोरोना संक्रमितलाई प्राकृतिक चिकित्साविधिबाट उपचार थालिएको छ।
 |  शुक्रबार, भदौ १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १९, २०७७

भरतपुर- भरतपुर महानगरपालिकाको आइसोलेसनमा कोरोना संक्रमितलाई प्राकृतिक चिकित्साविधिबाट उपचार थालिएको छ।

भरतपुर महानगरपालिकाले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयसँग सहकार्य गरेर कोरोना सङ्क्रमण भएर लक्षण नदेखिएकालाई राखेर आइसोलेसन सञ्चालनमा ल्याएको हो ।

गएको आइतबारबाट शुरु गरिएको आइसोलेसनमा हालसम्म ३१ जना महानगरवासी रहेका छन् । जसमा १३ जना महिला छन् । अभिभावकसँगै २ र ८ वर्षका दुई बच्चा पनि छन् । उनीहरुमा भने सङ्क्रमण छैन ।

चिकित्सालयका प्रमुख डा हेमराज कोइरालाका अनुसार आइसोलेसनमा रहेकालाई आवधिक उपवास विधिबाट उपचार थालिएको छ जसका लागि बेलुका ५ बजेबाट बिहान ९ बजे सम्मको समयमा ठोस पदार्थ खान दिइएको छैन । कोइरालाले भने, “भाइरस मारेर ऊर्जा उत्पादन गर्ने प्रक्रिया शुरु गरेका छौँ ।” यस विधिलाई जाइनो फेजी पनि भनिन्छ ।

कोइरालाले यस विधिमा ८ घण्टा खाने र १६ घण्टा भोकै बस्ने जानकारी दिए । खाना नखाएपछि शरीरका कोषलाई ऊर्जा पुग्दैन । कोइरालाले भने, “कोषले ऊर्जा नपुगेपछि कोषभित्रको भाइरस मारेर ऊर्जा उत्पादन गर्न थाल्छ ।”

प्राकृतिक चिकित्साविधि अन्तर्गत आइसोलेसनमा बसेकालाई बिहान पानीमा मह र कागती मिसाएर दिइन्छ । बिहान ६ बजेदेखि ७ बजेसम्म योग, त्यसपछि योगक्रिया जलनेती, कुञ्जजल र घाँटी कुल्ला गरिन्छ । प्रणायाम, हास्य योग, हल्लायोग, नृत्य योगपछि बिहान ९ बजे खाना खुवाइन्छ ।

कोइरालाले सूर्य स्नान गराएर उच्च रक्तचाप, अक्सीजन मापन, धड्कन मापन जस्ता परिक्षणपछि सङ्क्रमितको अवस्थाकोबारेमा गुनासा भए चिकित्सक सहितको टोलीले सुन्ने जानकारी दिए। आइसोलेसनमा रहनेहरुलाई ११ बजे दाल, भात तरकारी सहीतको खाना खाएपछि केही समय आराम गर्न दिईन्छ । दिउँसो २ बजे मह, कागती पानी खाएपछि साँझ ५ बजे दाल, भात तरकारी सहितको पूर्ण भोजन गर्छन् । साँझ प्रार्थना पछि आ–आफ्नो कला प्रस्तुत गर्दै रमाईलो गर्ने गर्दछन् । साँझ ७ः३० देखि ८ बजे सम्म दुध र वेसार खाएर सुत्ने कोईरालाले जानकारी दिए।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आइसोलेसनमा वसेकाहरु निकै खुशी भएको बताइन्। उनले भनिन्, “त्यहाँ रहनुभएकाहरु निकै खुशी हुनुभएको छ । उहाँहरुलाई खुशी वनाएर निको वनाउन सक्दानै हामी सन्तुष्ट हुन्छौ ।” चिकित्सालयका चिकित्सक एवं कर्मचारीको मिहिनेतले पनि आइसोलेसनमा बस्नेहरु सन्तुष्ट वनेको दाहालको भनाई छ । त्यहाँ रहेका अन्य भवनहरुको पनि मर्मत सम्भार थालिएको छ । उनका अनुसार सबै मर्मत सम्भार गर्दा २ सय जना सम्म राख्न सकीने छ ।

प्रकाशित: Sep 04, 2020| 05:46 शुक्रबार, भदौ १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।