भैरहवा– घुस मागेको आरोपमा रोहिणी गाउँपालिका गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डे पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बुटवलले गाउँपालिका प्रवक्तासमेत रहेका पाण्डेलाई नियन्त्रणमा लिएको हो।
अख्तियार कार्यालयका प्रवक्ता सुरेश भुसालले एउटा सहकारी संस्थालाई अनुदानस्वरुप रकम प्रदान गर्न सहजीकरण गरिदिएबापत घुस मागेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको बताए।
सेवाग्राहीसँग घुसबापत ४५ हजार माग गरी २० हजार लिइसकेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान गर्दा दोषी देखिएपछि पक्राउ गरिएको भुसालले बताए।।
पाण्डेलाई थप अनुसन्धानका लागि बुटवल लगिएको छ।