शुक्रबार, भदौ १२, २०८३

हत्या आरोपमा ६ जना पक्राउ

हत्या आरोपमा अछाममा ६ जना पक्राउ परेका छन्।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

धनगढी- हत्या आरोपमा अछाममा ६ जना पक्राउ परेका छन्।

मंगलसेन नगरपालिका-१४, कालागाउँका मानबहादुर भण्डारीका २४ वर्षीय छोरा सन्तोष भण्डारीको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा कमलबजार नगरपालिका-६ का १९ वर्षीय खेमराज शाही, २० वर्षीय भुपेन्द्र शाही र विनोद बहादुर शाही, २१ वर्षीय अक्कल शाही, १९ वर्षीय विनोद शाही र २५ वर्षीय रमेश शाही रहेका छन्।

युवाहरुको समूहले भण्डारीलाई खानडाँडा भन्ने स्थानमा भाद्र १६ गते आक्रमण गरी घाइते बनाएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रकाशित: Sep 03, 2020| 18:55 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।