शुक्रबार, भदौ १२, २०८३

धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमित दुई जना पुरुषको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्प्तालमा बिहीबार मृत्यु भएको छ ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

विराटनगर– कोरोना संक्रमित दुई जना पुरुषको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्प्तालमा बिहीबार मृत्यु भएको छ । दुवै मृतक सप्तरीका हुन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार सप्तरीका राजविराज–७ का दुवै पुरुषको विहीबार १ घण्टाको अन्तरालमा मृत्यु भएको हो । प्रवक्ता सापकोटाका अनुसार छिन्नमस्ता अस्पतालबाट रेफर भएर कोभिड १९ अस्पतालमा भदौ ८ गते भर्ना भएका ५५ वर्षीय पुरुषको सवा एक बजे दिउँसो मृत्यु भएको छ ।

१५ वर्षदेखि मधुमेह र उच्च रक्तचाप रहेका उनको अल्परक्तको समस्या रहेको डा. सापकोटाको भनाइ छ । त्यसैगरि, राजविराजबाट ल्याएर आजै १ बजेर २० मिनेटमा भर्ना गरिएका अर्का ५० वर्षीय पुरुषको उपचारका क्रममा २ बजेर २ मिनेटमा मृत्यु भएको छ ।

प्रवक्ता सापकोटाका अनुसार मृतकमा ज्वरो, श्वासप्रश्वास र शरीर सिथिल हुने समस्या रहको थियो ।

 

प्रकाशित: Sep 03, 2020| 18:18 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।