शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हिरासतमा थुनुवा मृत्यु प्रकरण : रौतहटका एसपी खड्काको जिम्मेवारी खोसियो

हिरासतमा थुनुवा मृत्यु प्रकरण : रौतहटका एसपी खड्काको जिम्मेवारी खोसियो

प्रहरी हिरासतभित्र थुनुवाको मृत्यु भएको प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काको जिम्मेवारी खोसिएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- प्रहरी हिरासतभित्र थुनुवाको मृत्यु भएको प्रकरणमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काको जिम्मेवारी खोसिएको छ।

इलाका प्रहरी कार्यालय गरुडाको थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि प्रहरी प्रधान कार्यालयले खड्कालाई हेडक्वार्टर तानेको हो।

उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कठायतले जानकारी दिए।

गरुडा नगरपालिका-८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा पक्राउ परेका विजय महराको प्रहरी हिरासतमा रहेकै बेला बिरामी भएपछि उपचारका क्रममा वीरगञ्जमा मृत्यु भएको थियो।

गृह मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रारम्भिक अनुसन्धानले प्रहरीले यातना दिएको देखाएपछि एसपी खड्काको कमाण्ड कमजोर भएकाले नेतृत्व परिवर्तन गरिएको बुझिएको छ।

प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय, गरुडाका डीएसपी ज्ञानकुमार महतोलाई प्रदेश २ प्रहरी कार्यालयमा तानेर छानबिन थालिएको थियो। हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइएको छ।

प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई सोही प्रकरणमा निलम्बन गरिसकेको छ। निलम्बित तीनै जना प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए।

प्रकाशित: Sep 03, 2020| 18:35 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।