शुक्रबार, भदौ १२, २०८३

पीसीआरमा प्रश्न उठाउनु गलत : स्वास्थ्य मन्त्रालय

कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिएको पीसीआर परीक्षणमा प्रश्न नउठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिएको पीसीआर परीक्षणमा प्रश्न नउठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विश्व स्वास्थ्य संगठनले नै कोरोना भाइरस संक्रमण पत्ता लगाउनका लागि प्रयोग गरेको पीसीआर परीक्षणमाथि प्रश्न नउठाउन आग्रह गरे।

विश्व स्वास्थ्य संगठनले नै गरेका प्रयासका बारेमा प्रश्न उठाउनु गलत भएको उनले बताए।

साथै कोरोना संक्रमितको लागि आइसोलेसनको कुनै अभाव नभएको उनले बताएका छन्। प्रवक्ता गौतमले कोरोना संक्रमणपश्चात् संक्रमितलाई राख्नको लागि होम आइसोलेसन, संस्थागत आइसोलेसन र अस्पताल गरी तीन किसिमको व्यवस्था गरिएको जानकारी दिए।

घरमा बस्न मिल्ने अवस्था (छुट्टै कोठा, छुट्टै शौचालय, लगायत एक्लै बस्न मिल्ने स्थान भएमा) संक्रमितलाई होम आइसोलेसनको व्यवस्था गरिएको छ। जसको लागि निश्चित मापददण्ड बनाइएको छ।

त्यस्तै होम आइसोलेसन बस्न नमिल्नेको लागि पर्याप्त मात्रामा संस्थागत आइसोलेसनको व्यवस्था गरिएको र लक्षण सहितका संक्रमितलाई भने अस्पतालमा राखिने जानकारी दिए।

प्रकाशित: Sep 03, 2020| 17:55 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।