शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा कोरोना संक्रमणको दर उच्च, ५३ जिल्लामा कहाँ कति थपिए ?

काठमाडौंमा कोरोना संक्रमणको दर उच्च, ५३ जिल्लामा कहाँ कति थपिए ?

पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना संक्रमण भएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना संक्रमण भएको छ। आज पनि काठमाडौंमा सबैभन्दा बढी ३५७ जना कोरोना संक्रमित थपिएका छन्।

उपत्यकाका तीन जिल्लामा गरी ४४५ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। केही दिनदेखि काठमाडौं उपत्यकामा संक्रमणको दर उच्च छ। बुधबार ३८८ जना, मंगलबारर ४८१ जना, सोमबार २९८ र आइतबार ४२९ जनामा कोरोना संक्रमण भएको थियो।

पछिल्लो २४ घण्टामा धनकुटामा तीन जना संक्रमित थपिएका छन्। यस्तै झापामा १२, मोरङमा ४६ र ओखलढुंगामा थप सात जनामा कोरोना भाइरस संक्रमण भएको छ। यस्तै तेह्रथुम र उदयपुरमा दुई दुई जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।

संखुवासभामा थप ६ जनामा कोरोना भाइरस संक्रमण भएको छ भनेसुनसरीमा २७ जना थपिएका छन्।

सप्तरीमा एक, धनुषामा ६४, महोत्तरीमा २० र सर्लाहीमा थप १०९ जनामा कोरोना संक्रमण भएको छ। बारामा आज ७१ जना तथा पर्सामा ६५ जना संक्रमित थपिए भने रौतहटमा २९ जनामा संक्रमण भएको छ।

रामेछापमा एक, दोलखामा पाँच, भक्तपुरमा ४२ र धादिङमा तीन जना संक्रमित थपिएका छन्। काठमाडौंमा आज पनि सबैभन्दा बढी ३५७ जनामा कोरोना संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

काभ्रेपलाञ्चोकमा सात, ललितपुरमा ४६, नुवाकोटमा चार जना संक्रमित थपिएका छन्। सिन्धुपाल्चोकमा तीन, चितवनमा ५६ तथा मकवानपुरमा थप २२ जनामा कोरोना संक्रमण भएको छ।

बागलुङमा एक, गोरखामा पाँच, कास्कीमा ३१ र लमजुङमा नौ जना कोरोना संक्रमित थपिए। यस्तै पूर्वी नवलरासीमा ६, तनहुँमा तीन र
कपिलवस्तुमा थप ११ जनामा कोरोना संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

पश्चिम नवलपरासीमा नौ, रुपन्देहीमा ५२ र गुल्मीमा थप १० जनामा कोरोना संक्रमण भएको छ। पाल्पामा दुई, दाङमा चार र प्यूठानमा दुई जना संक्रमित थपिएका छन्।

बाँकेमा आठ र बर्दियामा थप आठ जनामा कोरोना संक्रमण भएको छ। सल्यानमा दुई, कालिकोटमा दुई, सुर्खेतमा सात, दैलेखमा ६ र जाजरकोटमा एक जना संक्रमित थपिएका छन्।

कैलालीमा १५ जना र अछाममा ६ जना थपिएका छन्। डोटीमा चार, बझाङमा १०, कञ्चनपुरमा तीन तथा बैतडी र दार्चुलामा थप दुई दुई जनामा कोरोना संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ।

यसरी पछिल्लो २४ घण्टामा देशभरका जिल्लाका ३९४ महिला र ८३४ पुरुषमा गरी एक हजार २२८ जनामा कोरोना संक्रमण भएको छ। यो सहित देशभर कोराना संक्रमितको कुल संख्या ४२ हजार ८७७ पुगको छ। आज सम्म २४ हजार २०७ जना निको भएका छन्। यो कुल संक्रमितको ५६ प्रतिशत हो।

 

प्रकाशित: Sep 03, 2020| 16:51 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।