शुक्रबार, भदौ १२, २०८३

आज थप १,२२८ जनामा कोरोना पुष्टि, ९१७ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये ३९४ जना महिला र ८३४ पुरुष छन्।

आज थपिएका संक्रमितसहित नेपालमा कोरोना संक्रमण पुष्टि हुने व्यक्तिको कुल संख्या ४२ हजार ८७७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल नेपालमा १८ हजार ४१३ जना संक्रिय संक्रमित छन्। जसमध्ये संस्थागत आइसोलेसनमा १० हजार ६७१ र होम आइसोलेसनमा ७ हजार ७४२ जना छन्।

पछिल्लो २४ घण्टामा १३ हजार ४१३ जनाको आरटी पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित हालसम्म नेपालमा ७ लाख ३१ हजार ८५२ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ९१७ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको कुल संख्या २४ हजार २९७ छ। कोरोना मुक्त हुनेको संख्या नेपालमा ५६ प्रतिशत छ।

प्रकाशित: Sep 03, 2020| 16:25 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।