शुक्रबार, भदौ १२, २०८३

काठमाडौं उपत्यकामा थप ४४५ जना संक्रमित

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहीबार ४४५ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज बिहीबार ४४५ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५७ जना, ललितपुरका ४६ जना र भक्तपुरका ४२ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो बुधबार काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जना गरी ३८८ जनामा संक्रमण पुष्टि भएको थियो।

मंगलबार काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जना गरी ४८१ जनामा संक्रमण पुष्टि भएको थियो।

सोमबार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जना गरी २९८ जनामा संक्रमण पुष्टि भएको थियो।

आइतबार काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जना गरी ४२९ जना संक्रमित थपिएका थिए।

काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ७ हजार १९ पुगेको छ ।

यीमध्ये काठमाडौंका ५ हजार ५३३, ललितपुरका ८३१ जना र भक्तपुरका ५७६ जना छन्।

प्रकाशित: Sep 03, 2020| 16:21 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।