शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेश खुकुलो पारिएकोमा उपत्यकाका मेयरहरुको आपत्ति

निषेध आदेश खुकुलो पारिएकोमा उपत्यकाका मेयरहरुको आपत्ति

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तेस्रो चरण अन्तर्गत उपत्यकाका तीनवटै जिल्लामा एक साताका लागि लागू गरिएको निषेध आदेश खुकुलो पारिएको भन्दै उपत्यका नगरपालिका फोरमले आपत्ति प्रकट गरेको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि तेस्रो चरण अन्तर्गत उपत्यकाका तीनवटै जिल्लामा एक साताका लागि लागू गरिएको निषेध आदेश खुकुलो पारिएको भन्दै उपत्यका नगरपालिका फोरमले आपत्ति प्रकट गरेको छ।

बिहीबार भर्चुअल बैठक बसेर विज्ञप्ति जारी गर्दै फोरमले आपत्ति जनाएको हो। ‘दिउँसो दुई बजेदेखि बेलुका ९ बजेसम्म विकास निर्माणका पसल व्यवसाय सञ्चालन गर्न सकिने बुँदामा गम्भीर ध्यानाकर्षण भएको छ,’ फोरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

आजदेखि लागू हुनेगरी थपिएको निषेध आदेशमा काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले विकास निर्माणका पसल व्यवसाय सञ्चालनको समय तोकेका थिए। तर, नेपाल सरकारले तोकेको स्वास्थ्य सम्वन्धि मापदण्ड अनिवार्य पालना गर्नुपर्ने आदेशमा उल्लेख छ।

उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र फोरमका सचिव एवं मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उपत्यकालाई भयावह स्थितिबाट जोगाउन कडा रुपमा निषेध आदेश आवश्यक रहेको फोरमको ठहर रहेको उल्लेख छ।

फोरमले यसअघि पनि उपत्यकामा कर्फ्यु आदेश नै लगाउनुपर्ने अवस्था रहेको भन्दै प्रमुख जिल्ला अधिकारीहरुलाई सुझाव दिएको थियो। ‘खुकुलो गर्दा निषेधाज्ञाको खासै अर्थ र उपादेयता नरहने तथ्यलाई ध्यानमा राखी अत्यावश्यक वस्तु र सेवालाई विहान ११ बजेसम्म मात्र खोल्न सकिने सम्मलाई कायम राख्दै अन्य समयमा पसल–व्यवसाय सञ्चालनमा रोक लगाउने गरी अविलम्ब निषेध आदेश सुधार गर्न सम्वन्धित निकायको ध्यानाकर्षण गरिन्छ,’ विज्ञतिप्मा भनिएको छ।

अहिलेको परिस्थितिलाई ध्यानमा राखी उपत्यकाका स्थानीय तहबाट प्रवाह गरिदैँ आएका अत्यावश्यक बाहेकका सेवा प्रवाह भदौ २४ सम्म बन्द रहने फोरमले जनाएको छ।

प्रकाशित: Sep 03, 2020| 14:49 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।