शुक्रबार, भदौ १२, २०८३

कञ्चनपुरका प्रजिअ खतिवडा मन्त्रालयमा तानिए

आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्न थालेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा गृह मन्त्रालय तानिएका छन्।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्न थालेको भन्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा गृह मन्त्रालय तानिएका छन्।

प्रजिअ खतिवडाले गृहको आदेश विपरीत भन्सारमा सशस्त्र प्रहरीको अस्थायी बीओपी स्थापना गरेका थिए। गौरीफन्टामा कैलालीको मातहतमा सशस्त्रको बीओपी पहिले नै थियो।

त्यस्तै उनले गौरीफन्टा नाकामा समेत कैलालीका प्रजिअसँग समन्वय नगरी आफूखुसी सुरक्षाकर्मी परिचालन गरेका थिए।

प्रजिअ खतिवडाले सीमाको उचित व्यवस्थापन गर्न नसकेको, भन्सार स्थापना गर्ने, सेनालाई भन्सारमा परिचालन गर्ने अभिव्यक्ति दिएर आफ्नो क्षेत्राधिकार नाघेको भन्दै गृहले उनको सरुवा गरेको हो।

गृहले खतिवडाको ठाउँमा रामकुमार महतोलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।

प्रकाशित: Sep 03, 2020| 14:07 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।