शुक्रबार, भदौ १२, २०८३

मछिन्द्रनाथको रथ तान्ने क्रममा झडप

रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– रातो मछिन्द्रनाथको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा प्रहरी र स्थानीयवासीबीच झडप भएको छ।

प्रहरी प्रशासन र केही स्थानीयवासीले अवरोध गरे पनि गुठीयारलगायत केही स्थानीयवासीले बिहीबार मध्याह्न रथ तान्न सुरु गरेका थिए।

रथ निर्माण गरिएको स्थानबाट तानेर केही अगाडि ल्याएपछि गुठियार सदस्य, स्थानीयवासी र प्रहरीबीच झडप भएको हो।

लकडाउनकै बीचमा ललितपुरको पुल्चोकमा मछिन्द्रनाथको रथ निर्माण गरिएको थियो।

यसअघि लकडाउनकै कारण पटक–पटक रथ तान्ने साइत सारिएको थियो।

कोरोना संक्रमणको जोखिम बढेका कारण काठमाडौं उपत्यकामा २४ भदौसम्म निषेध आदेश लगाइएको छ।

निषेध आदेशमा अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन पाइँदैन। सरकारले पनि चाडपर्व, जात्रा घरभित्रै परिवारबीच मात्रै मनाउन आग्रह गर्दै आइरहेको छ।

प्रकाशित: Sep 03, 2020| 13:33 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।