शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हचुवाको भरमा निषेध गर्ने हैन, ठोस योजना ल्याऊ : कांग्रेस

हचुवाको भरमा निषेध गर्ने हैन, ठोस योजना ल्याऊ : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले ठोस योजनाबिना हचुवाको भरमा निषेध आदेश जारी गर्दा जनजीवन कष्टकर बनाउने काममात्र भएको जनाएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले ठोस योजनाबिना हचुवाको भरमा निषेध आदेश जारी गर्दा जनजीवन कष्टकर बनाउने काममात्र भएको जनाएको छ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न, उपचारको समुचित व्यवस्था गर्न र नागरिकको आर्थिक–सामाजिक जीवनमा देखा परेको कष्टलाई कम गर्न तत्काल अल्पकालीन र दीर्घकालीन कार्ययोजना सार्वजनिक गर्न समितिले सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत संयोजक रहेको कोभिड–१९ अनुगमन समितिले बिहीबार विज्ञप्ति प्रकाशित गरी सरकार कोरोना संक्रमण रोकथाम र उपचारको आवश्यक तयारीप्रति अझै गम्भीर नभएको आरोप लगाएको छ।

‘निषेधाज्ञा लगाउने–नलगाउने निर्णय स्थानीय प्रशासनले गरेको देखाएर सरकार कोरोना रोकथाम र उपचारको मूल जिम्मेवारीबाट पन्छिन खोज्दैछ,’ विज्ञप्तिमा भनिएको छ, ‘लकडाउन र निषेधाज्ञा गर्ने–हटाउने निर्णय ठोस अध्ययनका आधारमा नभएर हचुवामा हुने गरेको छ। अन्य तयारीको अभावमा कोरोना नियन्त्रणमा सरकारको लकडाउन र निषेधाज्ञाप्रतिको निर्भरता बढ्दो छ।’

निषेधाज्ञाको निरन्तरताले आर्थिक–सामाजिक संकट झन् चुलिनुका साथै संक्रमण बढ्ने क्रम कम नभएको विज्ञप्तिमा उल्लेख छ। कतिपय ठाउँहरुमा समुदाय स्तरमा समेत संक्रमण फैलिएको अवस्थामा सरकारसँग अझै जनतालाई आश्वस्त पार्ने कुनै तयारी नदेखिएको कांग्रेसले बताएको छ।

कांग्रेसले सरकारलाई यसअघि बुझाएको ध्यानाकर्षण पत्रप्रति सरकारले पूरै बेवास्ता गरेको भन्दै विज्ञप्तिमा फेरि पनि कोरोना रोकथाम तथा जनताको जीवनस्तरमा परेको प्रभाव कम गर्न ठोस योजना ल्याउन माग गरिएको छ।

प्रकाशित: Sep 03, 2020| 13:20 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।