शुक्रबार, भदौ १२, २०८३

वीर अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार हुने

काठमाडौं– शुक्रबारदेखि वीर अस्पतालले पनि कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– शुक्रबारदेखि वीर अस्पतालले पनि कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएको छ।

कोरोना संक्रमित र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि वीरलाई कोरोनाका संक्रमितमात्रै उपचार गर्ने अस्पताल बनाइएको अस्पतालका कोभिड संयोजक डा. विधाननिधि पौडेलले जानकारी दिए।

एकजना कोरोना संक्रमितबाट चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सरेको र तिनबाट अन्य बिरामीमा सरेको उनले बताए। डा. पौडेलका अनुसार अस्पतालमा ७० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। हाल वीर अस्पतालमा आकस्मिकबाहेक अन्य सेवा बन्द छन्।

अब अस्पतालको निर्मलीकरण गरेर ३ वटै ब्लकमा कोभिडका बिरामीलाई उपचार गर्ने निर्णय भएको उनले जानकारी दिए। अस्पतालमा ३० वटा आईसीयू रहनेछन्। कोभिडबाहेकका बिरामीलार्ई ट्रमा सेन्टरमा पठाइने डा. पौडेलले जानकारी दिए।

प्रकाशित: Sep 03, 2020| 13:04 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।