शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका गण्डकी प्रदेशका सांसद कोरोना संक्रमित

प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका गण्डकी प्रदेशका सांसद कोरोना संक्रमित

प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका गण्डकी प्रदेश सभाका एक जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

पोखरा- प्रहरीको कन्ट्याक्ट ट्रेसिङमा परेका गण्डकी प्रदेश सभाका एक जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ।

कन्ट्याक्ट ट्रेसिङको आधारमा भदौ १४ गते स्वाब संकलन गरिएको (बुधबार) हिजो साँझ प्रदेश सांसदमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक डा विनोदबिन्दु शर्माले जानकारी दिए ।

संक्रमित सांसदमा संक्रमणको कुनै लक्षण नभएको बताइएको छ । यद्यपी उनमा उच्च रक्तचाप रहेको र नियमित औषधि खाइरहेको बताएको छ । उनी होम आइसोलेसनमा बस्ने कि अस्पतलामै जाने भन्ने बारेमा छलफल भइरहेको छ।

स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमण पुष्टि भएका सांसदसँग सम्पर्कमा आएकाहरुको सूची तयार गर्न र स्वाबको नमुना लिने तयारी भएको छ ।

प्रकाशित: Sep 03, 2020| 12:57 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।