शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • फुटबलर नेयमार र पूर्व रेस्लर ‘द रक’लाई पनि कोरोना संक्रमण

फुटबलर नेयमार र पूर्व रेस्लर ‘द रक’लाई पनि कोरोना संक्रमण

ब्राजिलियन फुटबलर नेयमार जुनियरसहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेयमारसहित डिमारिया र लियोनार्दो पेरेडेसलाई कोरोना देखिएको हो।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– ब्राजिलियन फुटबलर नेयमार जुनियरसहित पेरिस सेन्ट जर्मेन (पीएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेयमारसहित डिमारिया र लियोनार्दो पेरेडेसलाई कोरोना देखिएको हो।

पीएसजीले खेलाडीलाई कोरोना देखिएको पुष्टि गर्दै लेखेको छ, ‘तीन खेलाडीमा कोरोना संक्रमणको पुष्टि भएको छ। तीनै जना स्वास्थ्य प्रोटोकल अनुसार सुरक्षित रहेका छन् ।’

पीएसजीले जारी सम्पन्न युरोपियन च्याम्पियन्स लिगमा फाइनलसम्मको यात्रा तय गरेको थियो। कोरोना संक्रमित पाइएका तीनै जना खेलाडीले सो खेलमा सहभागिता जनाएका थिए। यसकारण पीएसजीले लिग वानको नयाँ सिजनको सुरुवात गरेको छैन।

पीएसजीले सेप्टेम्बर १० बाट मात्र घरेलु लिगमा खेल्न सुरुवात गर्नेछ।

‘द रक’लाई पनि कोरोना

विश्वप्रशिद्ध रेस्लर एवम् कलाकार ‘द रक’ (ड्वेन जोहान्सन)लाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। जोहान्सनसँगै उनको परिवारमा पनि कोरोना पुष्टि भएको छ।

पूर्व रेस्लर र फास्ट एन्ड फ्युरियसका स्टारलाई कोरोना देखिएपछि उनले एक भिडियोमा भनेका छन्, ‘मसँगै श्रीमती लाउरेन र दुई छोरीहरू जस्मिन र टियन्नालाई पनि कोरोना देखिएको छ। यो मेरो लागि चुनौतिपूर्ण समय हो। मेरो पहिलो कर्तव्य भनेको परिवारको सुरक्षा गर्नु हो।’

‘द रक’ २०२० का उच्च पारिश्रमिक पाउने हलिउड कलाकारसमेत हुन्।

प्रकाशित: Sep 03, 2020| 12:46 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।