शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना निको हुन्छ भन्ने अफवाह फैलिएपछि मदिरा खानेहरू बढे

कोरोना निको हुन्छ भन्ने अफवाह फैलिएपछि मदिरा खानेहरू बढे

कोरोना संक्रमणको कारण देश आक्रान्त भइरहेका बेला डोटीका ग्रामीण क्षेत्रमा मदिरा सेवनले कोरोना निको हुन्छ भन्ने अफवाह फैलिएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

रासस

डोटी– कोरोना संक्रमणको कारण देश आक्रान्त भइरहेका बेला डोटीका ग्रामीण क्षेत्रमा मदिरा सेवनले कोरोना निको हुन्छ भन्ने अफवाह फैलिएको छ।

अफवाह फैलिएका कारण गाउँघरमा मदिरा खपत बढेको स्थानीयवासी बताउँछन्।

कोरोनाबाट जोगिन भन्दै मदिरा नपिउनेहरूले पनि हिजोआज मदिरा पिउन थालेको केआइसिंह गाउँपालिका–६ सेलेनाका स्थानीयवासी रमेशबहादुर बलायरले बताए।

उनले भने “भ्रम चलाएका कारण गाउँमा मदिरा पिउने बढेका छन्, जसले गर्दा समाजमा झैझगडाका घटनासमेत बढ्न थालेका छन्।”

मदिरा नियन्त्रणका लागि प्रहरी प्रशासनले प्रयास गरे पनि सफल हुन सकेको छैन। प्रहरी प्रशासनले गाउँमा मदिराको विक्रीवितरण तथा ओसारपसारलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेपनि लागू हुन सकेको छैन।

काम नभएर सबै घरमा छन्। यसकारण पनि मदिरा सेवन गर्नेहरू बढेको आदर्श गाउँपालिकाका स्थानीयवासी योगेन्द्रबहादुर बोहरा बताउँछन्।

उनी भन्छन्, ‘त्यसमा झन् कोरोना ठिक हुने हल्लाले जतिबेलै मदिरा खाएर हिँड्नेहरू भेटिन थालेका छन्।’

मदिरा नियन्त्रणका लागि गाउँगाउँमा आमा समूहसमेत गठन भएका छन्। तर पनि कोरोना निको हुन्छ भन्दै लुकीछिपी मदिरा पिउनेहरू बढेको समूहमा आबद्ध महिला बताउँछन्।

दिपायलका स्थानीयवासी उत्तम द्धारीयाले बजारदेखि गाउँसम्म बिना इजाजत खुलेआम मदिरा बिक्रीवितरण भइरहेको बताउँछन्।

डोटीमा स्थानीय प्रशासनले मदिरा बिक्री गर्न इजाजत प्राप्त व्यापारीलाई बेलुकी ४ बजेदेखि ७ बजेसम्म मात्र मदिरा बिक्रीवितरण गर्न पाइने नियम लागू गरे पनि अन्य समयमा समेत मदिरा कारोबार भइरहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रहरी प्रमुख तथा डिएसपी इन्द्रबहादुर मल्लले गाउँमा मदिरा कारोबार तथा विक्रीवितरण कम भएको दाबी गरे। ‘पूर्ण नियन्त्रणमा नआए पनि पहिलेभन्दा निकै कम भएको छ,’ उनले भने, ‘कोरोना निको हुन्छ भन्ने हल्ला हो, यस्तो अफवाहको पछि लाग्नु हुँदैन।’

 

प्रकाशित: Sep 03, 2020| 12:03 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।