शुक्रबार, भदौ १२, २०८३

पर्सा, बारा र रौतहटमा ११० कोरोना संक्रमित थपिए

वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको ५७६ स्वाब टेष्टमध्ये ११० जनामा कोरोना संक्रमित देखिएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

पर्सा– वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको ५७६ स्वाब टेष्टमध्ये ११० जनामा कोरोना संक्रमित देखिएको छ।

संक्रमित हुनेमा सबैभन्दा बढी पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जना छन्।

नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार पर्साको वीरगन्ज महानगरपालिकाका ४९ जना, पर्सागढी नगरपालिकाका ७ जना,

बहुदरमाई नगरपालिकाका ५ जना, कालिकामाई गाउँपालिका र पोखरिया नगरपालिकाका ४/४ जना संक्रमित भएका छन्।

वीरगन्ज महानगरमा संक्रमितमध्ये वडा नम्बर ८ मा ७ जना, वडा नम्बर ११, १३, २१ मा ४/४ जना, त्यसैगरी वडा नम्बर १० मा ३ जना, वडा नम्बर १६, १५, १७ मा २/२ जना र वडा नम्बर १२, १८, ४ मा १/१ जना संक्रमित थपिएका छन्।

त्यसैगरी रौतहटको यमुना गाउँपालिकाको वडा नम्बर ३ मा १७ जना कोरोना संक्रमित थपिएका छन्।

बाराको कलैया उपमहानगरपालिकामा २४ जना नयाँ संक्रमित थपिएको नारायणी अस्पतालले जनाएको छ।

 

प्रकाशित: Sep 03, 2020| 11:20 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।