शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बागलुङ बाढी अपडेट : १० जनाको शव भेटियो, अझै दर्जन बढी बेपत्ता

बागलुङ बाढी अपडेट : १० जनाको शव भेटियो, अझै दर्जन बढी बेपत्ता

बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढी र पहिरोमा बेपत्ता भएका मध्ये १० जनाको शव भेटिएको छ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढी र पहिरोमा बेपत्ता भएका मध्ये १० जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीले अहिलेसम्म १० जनाको शव भेटिएको जानकारी दिए । ‘२ वटा थप शव पनि खोला किनार छ भन्ने जानकारी आएको छ,’ उनले भने,‘त्यहाँ टोली पुग्दैछ।’

उनले अझै कति बेपत्ता छन् भन्ने यकिन तथ्यांक नआइसकेको बताए। उद्धारको काम जारी रहेकाले कतिजना मानिसहरु बेपत्ता भएका हुन भन्ने यकिन हुन सकेको छैन।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले १३ घर बगाएको छ। बाढी पीडित परिवारका सदस्यले दिएको जानकारी अनुसार बेपत्ताको संख्या बढ्न सक्ने देखिएको छ। तर, अहिलेसम्म यकिन भने हुन सकेको छैन।

अविरल वर्षासँगै गएराति १२ बजे आएको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । उक्त बाढीमा परेर अझै एक दर्जन बढी वेपत्ता भएका छन् ।
राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

प्रकाशित: Sep 03, 2020| 11:03 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।