शुक्रबार, भदौ १२, २०८३

नेकपा सचिवालय बैठक दिउँसो ३ बजेका लागि सारियो

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ४ घण्टा सरेको छ। बिहान ११ बजेका लागि तय गरिएको सचिवालय बैठक ३ बजेका लागि सारिएको हो।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ४ घण्टा सरेको छ। बिहान ११ बजेका लागि तय गरिएको सचिवालय बैठक ३ बजेका लागि सारिएको हो।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफलपछि बैठक ३ बजेका लागि सारिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

बैठक किन सारिएको भने केही खुलाइएको छैन। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ।

कार्यदलको प्रतिवेदनमै केन्द्रित भएर छलफल हुनेछ। आजको सचिवालयको बैठकमा कार्यदलमा रहेका अन्य ५ जना सदस्य पनि सहभागी गराइने तयारी नेकपाको छ।

यद्यपि आजको सचिवालय बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनसँगै राष्ट्रिय सभामा रिक्त सदस्य पदमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउने वा डा. युवराज खतिवडालाई नै निरन्तरता दिने भन्ने विषयमा पनि केन्द्रित हुने देखिएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई नै निरन्तरता दिने पक्षमा छन्। तर, यस विषयमा पार्टीभित्र सहमति बन्न सकेको छैन। पार्टी उपाध्यक्ष वामदेव गौतमले आफू राष्ट्रिय सभामा जान तयार रहेको बताएपछि ओली यतिखेर संकटमा परेका छन्।

प्रकाशित: Sep 03, 2020| 09:04 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।