शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यरातमा बस्ती बगाउँदा बेपत्ता भएका ६ जनाको शव भेटियो, १३ जना अझै बेपत्ता

मध्यरातमा बस्ती बगाउँदा बेपत्ता भएका ६ जनाको शव भेटियो, १३ जना अझै बेपत्ता

बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढीले कम्तिमा १० घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकास्थित सुकुर्दुङ बेखोलामा आएको बाढीले कम्तिमा १० घर बगाउँदा बेपत्ता भएकामध्ये ६ जनाको शव फेला परेको छ ।

अझै १३ जना मानिस बेपत्ता रेहको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

उनका अनुसार अविरल वर्षासँगै गएराति १२ बजे आएको बाढीले बोबाङ, सुर्कुदुङ र शेरावाङ गाउँका घर बगाएको हो । उक्त बाढीमा परेर अझै एक दर्जन बढी वेपत्ता भएका छन् ।

राति नै घटनास्थलमा प्रहरी परिचालन गरिएको भन्दै बिहान नेपाली सेना र सशस्त्र प्रहरी बललाई घटनास्थलमा पठाइएको उनले जानकारी दिए।

इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीका अनुसार अहिले पनि उद्धारको काम भइरहेको छ। बस्ती सानो भएका कारण मानिसलाई खोलाले नै बगाएको अनुमान गरिएको उनले बताए ।

 

प्रकाशित: Sep 03, 2020| 09:01 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।