शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा झनै फैलियो कोरोना, एकै दिनमा झण्डै ८३ हजार संक्रमित थपिए

भारतमा झनै फैलियो कोरोना, एकै दिनमा झण्डै ८३ हजार संक्रमित थपिए

पछिल्लो २४ घण्टामा भारतमा ८२ हजार ८ सय ६० जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा कुनै देशमा यति ठूलाे संख्यामा संक्रमित थपिएकाे याे पहिलाे पटक हो ।
 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोनाबाट सबैभन्दा बढि प्रभावित अमेरिकाको समेत रेकर्ड तोड्ने गरी संक्रमण फैलिएको छ ।

पछिल्लो २४ घण्टा अर्थात बुधबार एकै दिनमा भारतमा ८२ हजार ८ सय ६० जना संक्रमित थपिएका छन् । जुन विश्वमै अहिलेसम्म एकै दिनमा कुनै देशमा यति ठूलाे संख्यामा संक्रमित थपिएकाे याे पहिलाे पटक हो ।

यसअघि अगस्ट ३० अर्थात गत आइतबार भारतमा ७९ हजार ४ सय ५७ जना संक्रमित थपिएका थिए । अमेरिकामा जुलाई २४ मा ७८ हजार ५ सय ८६ जना संक्रमित थपिएका थिए । उक्त दुबै रेकर्ड तोड्दै भारतमा यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।

भारतमा पछिल्लो एक महिना यता विश्वमै सबैभन्दा बढि कोरोना संक्रमित थपिएका छन् । अगस्ट २ देखि सेप्टेम्ब २ सम्ममा भारतमा २० लाख ४४ हजार २ सय ६६ जना संक्रमित थपिएका छन् ।

ताकी यहि अबधीमा अमेरिकामा १४ लाख ७२ हजार ७ सय २५ र ब्राजिलमा १२ लाख ६७ हजार ७ सय ४५ जना संक्रमित थपिएका छन् ।

भारतमा एक महिना अघि अर्थात अगस्ट २ सम्ममा १८ लाख ५५ हजार ३ सय ३१ जना कोरोनाबाट संक्रमित भएका थिए । एक महिनाको अबधिमा दोब्बरभन्दा बढिले संक्रमित थपिएका छन् । हाल भारतमा संक्रमितको संख्या ३८ लाख ४८ हजारभन्दा धेरै पुगेको छ ।

यस्तै भारतमा एक महिनाको बीचमा कोरोनाकै कारण २९ हजार २ सय २५ जनाको मृत्यु भएको छ । एकमहिनाअघि अर्थात अगस्ट २ मा मृतकको संख्या ३८ हजार १ सय ६१ थियो भने हाल ६७ हजार ४ सय ८६ पुगेको छ ।

पहिलो चरणको लकडाउन खुलेसँगै भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिनका साथै मृत्युदर पनि ह्वात्तै बढेको थियो ।

भारतमा सबै बढि संक्रमित र मृतक महाराष्ट्र राज्यमा छन् । जहाँ कोरोनाबाट ८ लाख २५ हजार ७ सय ३९ जना संक्रमित भएका छन् भने २५ हजार १ सय ९५ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Sep 03, 2020| 07:28 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।