शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डेढ वर्षका नाबालकसहित पर्सा, बारा र रौतहटमा थप ११० जना कोरोनाबाट संक्रमित

डेढ वर्षका नाबालकसहित पर्सा, बारा र रौतहटमा थप ११० जना कोरोनाबाट संक्रमित

 |  बिहीबार, भदौ १८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १८, २०७७

वीरगन्ज- कोरोना भाइरसको संक्रमणबाट पर्सा, बारा र रौतहट जिल्लाका थप ११० जना संक्रमित भएका छन् ।

वीरगन्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी दिए।

५७६ जनाको स्वाब परीक्षण गरिएकोमा ८० जना पुरुष र ३० महिलाहरुको रिपोर्ट पोजेटिभ आएको हो ।

संक्रमण देखिनेमा डेढ वर्षका नाबालकदेखि ८० वर्षका वृद्ध समेत रहेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका ४९ जना, कालिकामाइ गाउँपालिका–२ का चारजना, बहुदरमाइ नगरपालिकाका ५ जना, पर्सागढि नगरपालिकाका ७ जना र पोखरिया नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बाराको कलैया उपमहानगरपालिकाको विभिन्न वडाका २४ जना र रौतहटको यमुनामाइ गाउँपालिकाको वडा नम्बर ३ का १७ जनामा कोरोना पोजेटिभ देखिएको नारायणी अस्पतालका प्रवक्ता डा चौरसियाले जानकारी दिए।

प्रकाशित: Sep 03, 2020| 06:57 बिहीबार, भदौ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।