शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रेलमार्ग निर्माणको ठेक्का प्रक्रियाबारे छानविन गर्न कांग्रेस नेता पौडेलको माग

रेलमार्ग निर्माणको ठेक्का प्रक्रियाबारे छानविन गर्न कांग्रेस नेता पौडेलको माग

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्कापट्टा तत्काल रोकेर आवश्यक छानविन गर्न माग गरेका छन्।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँकडभिट्टा–इनरुवा रेलमार्ग निर्माणको ठेक्कापट्टा तत्काल रोकेर आवश्यक छानविन गर्न माग गरेका छन्।

रेलमार्ग निर्माणमा निश्चित ठेकेदारलाई मात्रै योग्य बनाएर हचुवाका भरमा दिनुले सरकारको नीतिगत तथा सस्थागत भ्रष्टाचारलाई प्रोत्साहन गरेको पौडेलले आरोप लगाएका छन्।

बुधबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै पौडेलले राष्ट्रिय ढुकुटीको ब्रम्हलुट गर्नबाट जोगाउन सरकार, संसदको लेखा समिति, विकास समिति, अख्तियारको ध्यानाकर्षणसमेत गराएका छन्।

जग्गाको मुआब्जासमेत वितरण नगरी रेलमार्ग निर्माणको प्रक्रिया थाल्नु सरासर गलत भएको औंल्याउँदै विज्ञप्तिमा खुल्ला प्रतिस्पर्धाविना निश्चित ठेकेदारलाई पोस्ने गरी हचुवाका भरमा ठेक्का निकाल्नु सार्वजनिक खरिद ऐन विपरित भएको जनाइएको छ।

 

प्रकाशित: Sep 02, 2020| 17:04 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।