काठमाडौं– पछिल्लो २४ घण्टामा मुलुकका २४ जिल्लामा कोरोना संक्रमित थपिएनन्। संक्रमित नथपिएका जिल्लामा दार्चुला, इलाम र संखुवासभा छन्।
यस्तै सोलुखुम्बु, ताप्लेजुङ र तेह्रथुममा पनि संक्रमित थपिएका छैनन्। संक्रमित नथपिएका अन्य जिल्लामा दोलखा, रसुवा, बागलुङ, मनाङ, मुस्ताङ र म्याग्दी छन्।
कपिलवस्तु, गुल्मी, पूर्वी रुकुम र पश्चिम रुकुममा पनि संक्रमित थपिएका छैनन् भने सल्यान, डोल्पा र हुम्लामा पनि कोरोना संक्रमित थपिएका छैनन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमित नथपिएका जिल्लामा मुगु, सुर्खेत, जाजरकोट, डोटी र बाजुरा छन्।
आज मुलुकका ५३ जिल्लामा कोरोना संक्रमित थपिएका छन्।
भोजपुरमा ३ र धनकुटामा २ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
यस्तै झापामा ११ र खोटाङमा एक जनामा कोरोना संक्रमण भएको छ। मोरङमा ५३, ओखलढुंगामा दुई र पाँचथरमा एक जना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। सुनसरीमा ७२ र उदयपुरमा एक जनामा संक्रमण थपिएको छ।
सप्तरीमा १२, सिरमा १५, धनुषामा ६३ र महोत्तरीमा ३१ जना संक्रमित थपिएका छन्। यस्तै सर्लाहीमा ५०, बारामा २३ र पर्सामा ४९ तथा रौतहटमा १८ जनामा कोरोना संक्रमण भएको छ।
सिन्धुलीमा एक, रामेछापमा दुई, भक्तपुरमा नौ, धादिङमा दुई र काठमाडौंमा ३५० जना संक्रमित थपिएका छन्। संक्रमित थपिने अन्य जिल्लामा काभ्रेपलाञ्चोक एक, ललितपुर २९ र नुवाकोट एक जना छन्।
यस्तै सिन्धुपाल्चोकमा दुई, चितवनमा ४३ र मकवानपुरमा ३३ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
गोरखामा एक, कास्कीमा २४ र लमजुङमा १९ जना संक्रमित थपिएका छन्। पूर्वी नवलपुरासीमा १६, पर्वत र स्याङ्जामा एक एक तथा तनहुँमा चार जना संक्रमित थपिएका छन्।
पश्चिम नवलपरासीमा तीन, रुपन्देहीमा २७ तथा अर्घाखाँची र पाल्पामा एक एक जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।
दाङमा ६, प्यूठानमा दुई, रोल्पामा एक र बाँकेमा ४१ जना संक्रमित थपिएका छन् भने बर्दियामा थप पाँच जनामा संक्रमण भएको छ।
जुम्लामा ३७, कालिकोटमा २१, दैलेखमा एक जनामा संक्रमण भएको छ। कैलालीमा १३ र अछाममा थप एक जनामा कोरोना पुष्टि भएको छ।
बझाङमा नौ, कञ्चनपुरमा तीन, डडेलधुरा र बैतडीमा एकएक जना गरी देशभरमा बुधकार एक हजार एक सय २० जना कोरोना संक्रमित थपिएका छन्।
तीमध्ये ३२० महिला र ८०० पुरुष रहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। योसहित नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ।