शुक्रबार, भदौ १२, २०८३

सात जिल्लामा सक्रिय संक्रमितको संख्या शून्य

बुधबार सक्रिय संक्रमित शून्य भएका जिल्लाको संख्या सात पुगेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– बुधबार सक्रिय संक्रमित शून्य भएका जिल्लाको संख्या सात पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुस्ताङ, मुगु, हुम्ला, डोल्पा ताप्लेजुङ, भोजपुर र सोलुखुम्बुमा सक्रिय संक्रमित छैनन्।

मंगलबार शून्य संक्रमित हुने जिल्लाको संख्या पाँच थियो।

५०० भन्दा बढी सक्रिय संक्रमित हुने जिल्लाको संख्या भने १२ छ। मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर, चितवन, रुपन्देही र धनुषामा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्।

त्यस्तै महोत्तरी, सर्लाही, बारा, पर्सा, रौतहट, मोरङ र सुनसरीमा पनि ५०० भन्दा बढी संक्रमित भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Sep 02, 2020| 16:32 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।