शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या अढाई सय नाघ्यो

२४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु, कुल संख्या अढाई सय नाघ्यो

कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या अढाई सय नाघेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या अढाई सय नाघेको छ।

पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो।

केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

हिजो मंगलबार ११ जना, अस्ति सोमबार ७ जना र आइतबार १४ जनाको मृत्यु भएको थियो।

शनिबार १२ जनाको मृत्यु भएको थियो।

नेपालमा पहिलोपटक गत जेठ ३ गते कोरोना संक्रमित सुत्केरीको धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

 

प्रकाशित: Sep 02, 2020| 16:28 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।