शुक्रबार, भदौ १२, २०८३

काठमाडौंमा एकैदिन साढे तीन सय संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज बुधबार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– काठमाडौं उपत्यकामा आज बुधबार ३८८ जना कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३५० जना, ललितपुरका २९ जना र भक्तपुरका ९ जनामा संक्रमण पुष्टि भएको हो।

हिजो मंगलबार काठमाडौंका ३९३ जना, ललितपुरका ५८ जना र भक्तपुरका ३० जना गरी ४८१ जनामा संक्रमण पुष्टि भएको थियो।

सोमबार काठमाडौंका १९० जना, ललितपुरका ६७ जना र भक्तपुरका ४१ जना गरी २९८ जनामा संक्रमण पुष्टि भएको थियो।

आइतबार काठमाडौंका ३७२ जना, ललितपुरका १२ जना र भक्तपुरका ४५ जना गरी ४२९ जना संक्रमित थपिएका थिए।

काठमाडौं उपत्यकामा संक्रमितको कुल संख्या ६ हजार ५७४ पुगेको छ ।

यीमध्ये काठमाडौंका ५ हजार १७६, ललितपुरका ७८५ जना र भक्तपुरका ५३४ जना छन्।

 

 

प्रकाशित: Sep 02, 2020| 16:22 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।