काठमाडौं– कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा लागू गरिएको निषेध आदेश एक साता थप गरिएको छ।
तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार सम्पन्न भर्चुअल बैठकले निषेध आदेश एक हप्ता थप गर्ने निर्णय गरेको एक प्रमुख जिल्ला अधिकारीले बताए।
खाद्यवस्तु, तरकारी, दुध लगायतका पसल व्यवसाय बिहान सवा ९ बजेसम्म खुल्न दिँदै आएकामा थप केही समय खोल्न दिइने निर्णय भएको छ।
अत्यावश्यकबाहेक अन्य क्षेत्रमा लगाइएको रोक भने यथावत रहने निर्णय बैठकले गरेको छ।
३ भदौं मध्यरातिदेखि लगाइएको निषेध आदेशको दोस्रो चरण आज मध्यरातिदेखि सकिँदै थियो।