शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोंगबु हत्याकाण्ड : कल्पना पौडेललाई जन्मकैदको माग गर्दै मुद्दा दर्ता

गोंगबु हत्याकाण्ड : कल्पना पौडेललाई जन्मकैदको माग गर्दै मुद्दा दर्ता

गोंगबुमा रोल्पाको रून्टीगढी गाउँपालिकाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना पौडेलविरुद्ध प्रहरीले जन्मकैदको मागदाबी गरेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– गोंगबुमा रोल्पाको रून्टीगढी गाउँपालिकाका कृष्णबहादुर बोहराको हत्यामा संलग्न कल्पना पौडेलविरुद्ध प्रहरीले जन्मकैदको मागदाबी गरेको छ।

घटनाको करिब २० दिनपछि अनुसन्धान टुंग्याउँदै महानगरीय प्रहरी परिसर काठमाडौंले कल्पनाविरुद्ध जन्मकैदको मागदाबी गर्दै सरकारी वकिल कार्यालयमा मुद्दा दर्ता गरेको छ।

कृष्णबहादुरको हत्या योजनाबद्ध रहेको निष्कर्ष निकाल्दै प्रहरीले जन्मकैदको सजाय माग गरेको परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

‘कृष्णबहादुरको हत्या कल्पनाले नै गरेको हो भन्ने उनको बयान तथा सबुत प्रमाणबाट पुष्टि भएको छ,’ राठौरले भने, ‘सोही आधारमा अदालतसमक्ष कल्पनाविरुद्ध जन्मकैदको माग दाबी गरिएको हो।’

कृष्णलाई मासु, चिउरा, निन्द्रा लाग्ने ट्याब्लेट मिसाएर दही तथा रक्सी खान दिनु, शव व्यवस्थापनका लागि दाम्लोको पहिले नै व्यवस्था गर्नुले हत्या योजनाबद्ध भएको निष्कर्ष प्रहरीले निकालेको छ।

कल्पनाले पहिले दहीमा स्लिपिङ ट्याब्लेट मिसाएर खुवाएर कृष्णबहादुर लठ्ठ भएपछि ह्यामरले अण्डकोषमा प्रहार गरेको बयान दिएकी छन्।

एसपी राठौरले कृष्ण र कल्पनाबीच लामो समयदेखि उठबस रहेको र कृष्णले प्रयोग गर्ने मोबाइलको सिमसमेत कल्पनासँग फेला परेको बताए।

कल्पनाले आफ्नो नामबाट नक्कली फेसबुक आईडी बनाएर कृष्णले चरित्र हत्या गरेकोले उनको हत्या गरेको प्रहरीसमक्ष बताएकी छिन्।

कल्पनासँगै उनकी १५ वर्षीया छोरीविरुद्ध पनि प्रहरीले मुद्दा दायर गर्दै सजायको माग गरेको छ। कृष्णको शव व्यवस्थापनमा छोरीले कल्पनालाई सघाएको खुलेको थियो।

साउन २५ गते राति कल्पनाले आफ्नै कोठामा कृष्णको हत्या गरी टाउको नभएको शव गोंगबुमा रहेको गणेश मन्दिर नजिकै नवज्योति मार्गमा फालेको अवस्थामा भेटिएको थियो। टाउको र खुट्टा भने केही पर भेटिएको थियो।

उक्त मुद्दाको काठमाडौं जिल्ला अदालतमा आज थुनछेक बहस चलिरहेको छ।

प्रकाशित: Sep 02, 2020| 15:39 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।