शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकामा कर्फ्यु लगाउन मेयरहरुको सुझाव, के गर्लान् सीडीओले ?

काठमाडौं उपत्यकामा कर्फ्यु लगाउन मेयरहरुको सुझाव, के गर्लान् सीडीओले ?

काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले संक्रमण रोकथाम र नियन्त्रणका लागि कम्तिमा एक हप्ता कर्फ्यु आदेश नै जारी गरेर निषेध आदेश कडा बनाउनुपर्ने निष्कर्ष निकालेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले संक्रमण रोकथाम र नियन्त्रणका लागि कम्तिमा एक हप्ता कर्फ्यु आदेश नै जारी गरेर निषेध आदेश कडा बनाउनुपर्ने निष्कर्ष निकालेको छ।

बुधबार भर्चुअल बैठक गरेर फोरमले यस्तो निष्कर्ष निकालेको हो। मेयर फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले एक साता कर्फ्यु आदेश नै जारी गर्न तीनवटै जिल्ला प्रशासन कार्यालयलाई सुझाव दिएको बताए।

यो बीचमा लागू गरिएको निषेध आदेश कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङमा प्रभावकारी भएको भन्दै थप कडाइ गरेर दायरा बढाउनुपर्ने फोरमले जनाएको छ।

३ भदौ मध्य रातदेखि लागू भएको निषेध आदेश आज राति १२ बजेबाट सकिँदैछ। यसलाई निरन्तरता दिने वा स्वरुप परिवर्तन गरेर जाने भन्ने विषयमा आजै तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निर्णय गर्नेछन्।

प्रकाशित: Sep 02, 2020| 14:09 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।