शुक्रबार, भदौ १२, २०८३

लिदीका पहिरोपीडितलाई एनआरएनएको ५ लाख सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ स्थित लिदीका पहिरो पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

पहिरो पीडितहरुको अस्थायी बस्ती बाँसखर्क पुगेर संघका उपाध्यक्ष सोनाम लामाले सहयोग रकम हस्तान्तरण गरेका छन्।

उपाध्यक्ष लामाले जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठ, उपाध्यक्ष सिर्जना तामाङ र वडाध्यक्ष प्रताप लामालाई संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन्।

सो अवसरमा संघका उपाध्यक्ष लामाले वर्तमान कोभिड १९ को विषम परिस्थितिमा विश्वभर बस्ने गैरआवासीय नेपाली पनि प्रभावित भएको बताउँदै अहिलेलाई थोरै राहत लिएर भावना साटासाट गर्नमात्र आएको बताए। उपाध्यक्ष लामाले आगामी दिनमा वर्तमान कोभिड ९ को परिस्थिति सहज भएपछि सरकारसँग समन्वय गरेर जाने बताए।

गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले गैरआवासीय नेपाली संघलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा ठोस योजना बनाएर सहकार्य गरि अगाडि बढ्न तयार रहेको बताए।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति पुर्याउँदा १५६ भन्दा बढी मानिस प्रभावित भएका छन्।

प्रकाशित: Sep 02, 2020| 13:08 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।