शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमित २० वर्षीया युवती र ७१ वर्षीय वृद्धको टिचिङ हस्पिटलमा मृत्यु

कोरोना संक्रमित २० वर्षीया युवती र ७१ वर्षीय वृद्धको टिचिङ हस्पिटलमा मृत्यु

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
 |  बुधबार, भदौ १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १७, २०७७

काठमाडौं– महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

शिक्षण अस्पतालको कोभिड अस्थायी युनिटमा उपचाररत भक्तपुरका ७१ वर्षीय पुरुष र तनहुँकी २० वर्षीया युवतीको मृत्यु भएको हो ।

अस्पतालको कोभिड युनिटका संयोजक डा. शान्तकुमार दासका अनुसार २० वर्षीया युवतीलाई बाथ र मिर्गौलाको समस्या थियो । उनलाई मंगलबारमात्रै अल्का अस्पतालबाट शिक्षण अस्पताल लगिएकोे थियो ।

त्यस्तै भक्तपुरका व्यक्तिलाई सोमबार त्रिवि शिक्षण अस्पतालकै आकस्मिक कक्षमा भर्ना गरिएको थियो । उनमा अन्य दिर्घरोग रहेको बताइएको छ । हाल अस्पतालमा ८० जना कोरोना संक्रमितको उपचार भइरहेको छ।

प्रकाशित: Sep 02, 2020| 12:05 बुधबार, भदौ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।