शुक्रबार, भदौ १२, २०८३

२१ अंकले बढ्यो नेप्से, कारोबार हालसम्मकै उच्च

सेयर बजार परिसूचक (नेप्से) सोमबार २२.३१ अंकले बढेर १४८४.९९ अंकमा पुगेको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से) सोमबार २२.३१ अंकले बढेर १४८४.९९ अंकमा पुगेको छ।

आज १८९ कम्पनीका ७७ लाख ६३ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४६ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भयो। यो हालसम्मकै उच्च कारोबार हो।

बजारमा नयाँ लगानीकर्ता थपिंदा अन्य क्षेत्रका व्यवसायी तथा लगानीकर्ता पनि सेयर बजारमा आउँदा निषेधाज्ञायता बजार दिनहुँ उकालो लागिरहेको छ।

सरकारले यसअघि गरेको लकडाउनको समयमा सेयर बजार बन्द गरिएको थियो। निषेधाज्ञाको यो समयमा भने बजार नियमित सञ्चालन भइरहेको छ।

लकडाउन अवधिमा ४० हजार नयाँ लगानीकर्ता थपिएको नेप्सेले जनाएको छ।

पछिल्लो समय अन्य क्षेत्रका लगानीकर्ता पनि सेयर बजारमा आएको र बैंकिङ प्रणालीमा तरलता उच्चभई ब्याजदर घट्दा बजार उकालो लागेको विश्लेषण गरिएको छ।

सोमबार नेप्सेसँगै कारोबार भएका समूहगत परिसूचक पनि बढेका छन्। सबैभन्दा बढी निर्जीवन बीमा कम्पनी समूह २३३.७ अंकले बढेको छ।

यसैगरी बैंकिङ ४.९५, व्यापार १८.०५, विकास बैंक १.५, हाइड्रोपावर ३३.६१, फाइनान्स १.१, उत्पादनमूलक ८८.७१, अन्य ३७.४, लघुवित्त ८.५८, लाइफ इस्योरेन्स २६०.३३ र म्युचुअल फण्ड ०.०८ अंकले बढेको छ।

सोमबार होटल समूह भने ०.७७ अंकले घटेको छ।

 

प्रकाशित: Aug 31, 2020| 18:17 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्