शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • समाज लघुवित्तको सेयर बाँडफाँड, साढे पाँच लाख आवेदनमा ८ हजारले पाए

समाज लघुवित्तको सेयर बाँडफाँड, साढे पाँच लाख आवेदनमा ८ हजारले पाए

समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– समाज लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँड भएको छ।

कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले सोमबार आफ्नो कार्यालयबाट फेसबुक लाइभ गरेर सेयर बाँडफाँड गरेको हो।

आईपीओ जम्मा ८ हजार ७० जनाले गोलाप्रथाबाट १० कित्ता दरले पाएका छन्। आईपीओको लागि पाँच लाख ४७ हजार ९२८ जनाको आवेदन परेको थियो।

तीमध्ये ५५८ जनाको आवेदन रद्ध भएको सिद्धार्थ क्यापिटलले जनाएको छ। लघुवित्तले भदौ ४ देखि ८ गतेसम्म सर्वसाधारणका लागि सेयर बिक्री खुला गरेको थियो।

संस्थाको प्रतिसेयर सय रुपैयाँ तोकिएको थियो। कम्पनीले ८६ हजार कित्ता साधारण सेयरमध्ये एक हजार कित्ता संस्थाका कर्मचारीका लागि र ४३०० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी ८० हजार ७०० कित्ता सेयर आईपीओ जारी गरेको थियो।

साधारण सेयर जारीपछि समाज लघुवित्तको चुक्ता पुँजी दुई करोड पुगेको कम्पनीले जनाएको छ।

प्रकाशित: Aug 31, 2020| 17:58 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्