शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाल एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

नेपाल एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

१६ भदौदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमले तालिका सार्वजनिक गरेको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– १६ भदौदेखि हुने नियमित अन्तर्राष्ट्रिय उडानको लागि नेपाल वायुसेवा निगमले तालिका सार्वजनिक गरेको छ।

निगमले सेप्टेम्बर महिनाको लागि सोमबार चार अन्तर्राष्ट्रिय गन्तव्यको नियमित उडान तालिका सार्वजनिक गरेको हो।

जसअनुसार सेप्टेम्बर २, १६ र ३० तारिखमा नारिता उडान हुने छ।

दुवईको लागि आठ उडान तोकिएको छ। निगमले दुवईमा सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८ तारिखमा उडान भर्ने छ।

६, १३, २० र २७ तारिखमा क्वालालम्पुर उडान हुने निगमले जनाएको छ। त्यसैगरी सेप्टेम्बर ९ र २३ तारिखमा हङकङ उडान हुने छ।

प्रकाशित: Aug 31, 2020| 16:56 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्