शुक्रबार, भदौ १२, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पर्यटन बोर्डका सीईओको भनाइप्रति टान असन्तुष्ट, व्यवसायीसँग माफी माग्न आग्रह

पर्यटन बोर्डका सीईओको भनाइप्रति टान असन्तुष्ट, व्यवसायीसँग माफी माग्न आग्रह

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले पर्यटन व्यवसायीसँग माफी माग्नुपर्ने बताएको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) ले पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनन्जय रेग्मीले पर्यटन व्यवसायीसँग माफी माग्नुपर्ने बताएको छ।

सोमबार टानले ध्यानाकर्षण पत्र जारी गर्दै रेग्मीले पर्वतारोहण पर्यटन व्यवसायको बदनाम गरेको भन्दै सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएको हो।

बीबीसीले प्रसारण गरेको पर्यटन सम्बन्धी बहस कार्यक्रममा रेग्मीले पर्वतारोहण पर्यटनमा संलग्न व्यवासायीले झोलामा नै कम्पनी बोक्ने गरेको, एउटै घरका परिवार मिलेर कम्पनी चलाएर रोजगारी सिर्जनामा कुनै योगदान नदिएको, कर नतिरी राज्यलाई छलेको र नगन्य मात्रामा मात्र राज्यलाई योगदान दिएको बताएका थिए।

सोही कुराले पर्वतारोहण व्यवासायीको बदनाम भएको बताउँदै टानले ध्यानाकर्षण पत्र जारी गरेको हो।

पत्रमा कोरोनाले थिलथिलो बनाएको पर्यटन क्षेत्रका लागि राहत तथा पुनरुत्थानका कार्यक्रम ल्याउनु पर्नेमा उल्टै रेग्मीले पर्यटन क्षेत्रको बदनाम गरेको टानको ठहर छ।

पर्यटन बोर्डको सीईओजस्तो जिम्मेवार व्यक्तिले नै तल्लो स्तरको भाषा प्रयोग गरेकोले ध्यानाकर्षण गराउन चाहेको पत्रमा उल्लेख छ। पत्रमा भनिएको छ, ‘उहाँको भनाइ हामीलाई अमान्य छ र यसको घोर भत्र्सना गर्दर्छौं।’

 

प्रकाशित: Aug 31, 2020| 12:18 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्