शुक्रबार, भदौ १२, २०८३

आईएमईको घरमै रेमिटेन्स सुविधा

 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– आईएमईले रेमिटेन्सले आफ्ना एजेन्टको सहभागितामा डिजिटल वालेट सुविधा ‘आईएमई–पे’ मार्फत रेमिटेन्स सिधै मोबाइल वालेटमा प्राप्त गर्ने व्यवस्था गरेको छ।

यो सुविधाअन्तर्गत आफूलाई आएको रकम प्राप्त गर्नका लागि आईएमई पे वालेटको ‘रेमिटेन्स’ आइकनमा क्लिक गर्नुपर्दछ।

त्यसपछि पैसा पठाएको ठाउँको नाम, मनी ट्रान्सफर कन्ट्रोल नम्बर र आएको रकम सुनिश्चित गरी तोकिएको विवरण भर्नुपर्दछ।

रकम आईएमई पे एपमै प्राप्त गर्नुपर्ने भएको खण्डमा ‘रिसिभ’ बटन थिच्नुपर्ने हुन्छ।

त्यसका साथै ‘नियर बाइएजेन्ट’ मा क्लिक गरेर पायक पर्ने आईएमई काउन्टरमा पुगेर पनि नगद प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

उक्त रकम आफ्नो मोबाइल वालेटमा रहँदासम्म ब्याजका साथै थप ५० रुपैयाँसम्म बोनस पाइने छ। आईएमई पेमा भएको रकमलाई आफ्नो बैंक खाता वा अरुको बैंक खातामा पनि पठाउन सकिन्छ।

यसको विस्तृत विवरण यो भिडियोमा हेर्न सकिने छ।

 

प्रकाशित: Aug 30, 2020| 17:28 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्