शुक्रबार, भदौ १२, २०८३

अन्तरबैंक एटीएम कारोबारमा शुल्क नलाग्ने

नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको छ।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

काठमाडौं– नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको छ।

भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन २०७७ मा एउटा बैंकको एटीएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको हो।

निर्देशनमा ‘एउटा बैंक तथा वित्तीय संस्थाले जारी गरेका एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थामा प्रयोग गर्दा कार्ड प्रयोगकर्तासँग कुनै शुल्न लिन पाइने छैन’ भन्ने उल्लेख गरिएको छ।

यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई लकडाउन अवधिभरको लागि शुल्क लिन नपाउने निर्देशन दिएको थियो।

 

प्रकाशित: Aug 30, 2020| 16:04 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्